Aamsanchar

अघिल्लो निर्वाचनको बलमा झापा–४ मा सुस्केराको उम्मेदवारी

Author Image
शुक्रवार, पौष ४, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला सचिव शम्भु ढकाल सुस्केराले झापा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दाबी दर्ता गराएका छन् ।

२०८२ साल पुष ३ गते झापा गाउँपालिका पुगेका सुस्केराले पार्टीको अनलाइन पोर्टलमार्फत आफ्नो उम्मेदवारी दाबी पेश गरेका हुन् । झापा गाउँपालिका समिति सभापति लक्ष्मण तिवारीका अनुसार गाउँपालिका समितिको चुनावी छलफलका क्रममा सुस्केराले अनलाइन प्रणालीमार्फत औपचारिक रूपमा दाबी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता कार्यक्रममा रास्वपा झापा गाउँपालिका समिति सभापति लक्ष्मण तिवारीसहित पार्टी सदस्यहरू, कनकाई नगर समिति सभापति मोहन थापा, शिवसताक्षी नगर समितिका सचिव पूर्ण लकान्द्री, क्षेत्रीय समिति संयोजक लिलामाया बस्नेत, उपसंयोजक दीपक सिवाकोटी, सचिव विमल मैनाली, सदस्य भेषराज निरौला, जमुना भट्टराई तथा समानुपातिक उम्मेदवारी दर्ता गराएका कुन्दन मुर्मुसहितको उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै तर्फ उम्मेदवारी आह्वान गरिसकेको छ । पार्टीले उम्मेदवार छनोटका लागि ५० प्रतिशत पार्टी सदस्यको मत र ५० प्रतिशत उम्मेदवारको योगदान तथा क्षमताको मूल्याङ्कनका आधारमा निर्णय गर्ने कार्यविधि तय गरेको छ ।

सोही कार्यविधिअनुसार आफूले उम्मेदवारी दाबी पेश गरेको सुस्केराले जानकारी दिएका छन् । स्मरणीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुस्केराले सोही निर्वाचन क्षेत्रबाट १४ हजार ६९ मत प्राप्त गरेका थिए

Views: 97

प्रतिक्रिया (०)