Aamsanchar

किन काठमाडौँमै रोकिए रवि ?

Author Image
शुक्रवार, पौष ४, २०८२

बुटवल – रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् ।

फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

उनले भने, ‘विमानस्थल खुलेपछि आउनुहुन्छ, त्यसपछि जिल्ला अदालत उपस्थित हुनुहुन्छ।’ विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले बताए । उनले भने, ‘भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्छ ।’ सामान्यता भिजिवलिटी १८ सय हुनुपर्ने भए पनि अहिले जम्मा ३, ४ सय मात्रै रहेको उनले बताए ।

उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन् । त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले बताए।

 

Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर