Aamsanchar

रास्वपाको सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा गायिका सत्यकला राई

Author Image
शुक्रवार, पौष ४, २०८२

विराटनगर-  ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।

खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् ।

सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी राईले रास्वपामा सामानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेको जानकारी दिइन् ।

निर्वाचित भएर काम गर्ने इच्छा रहेको पनि बताइन् । ‘साथी भाइहरूले पार्टीमा जोडिएर काम गर्नुपर्छ भन्नुभएको छ,’ उनले भनिन्, ‘म अहिले बाहिर छु, जनवरी २ मा फर्किएपछि थप छलफल गर्छौं।’

रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्नेछ । अमेरिकामा रहेकी राईले भर्चुअल माध्यमबाट छलफलमा सहभागी हुने बताएकी छन् ।

नेपाल फर्किएपछि थप छलफल गर्ने उनले बताइन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम छ ।

Views: 30

प्रतिक्रिया (०)