Aamsanchar

झुम्का कारागार तोडफोड र आगजनीको प्रयास पछि भागका ४९४ जना अझै सम्पर्क बाहिर

Author Image
शुक्रवार, पौष ४, २०८२

इनरुवा– जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ ।

कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका छन् भने केही फरार रहेका छन् । फरार कैदीमध्ये केही आफैँ फर्किए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ४९४ कैदीबन्दीको खोजतलास भइरहेको झुम्का कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिनुभयो ।

अहिले फर्किएका र थपिएका गरी एक हजार ३७० कैदीबन्दी छन् । सुनसरीको झुम्का कारागारको बन्दी क्षमता १६०० जनाको छ । कारागामा १३७० जना रहेका छन् । यो पुरुष मात्रै राख्ने क्षेत्रीय कारागार हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारमा १७९९ जना कैदीबन्दी थिए । कैदीबन्दीहरूको नियमित स्वास्थ्य जाँचका लागि दुई जना दरबन्दी रहेकोमा दुई जनाले नै सेवा प्रदान गरिरहेका छन् । केही कैदीबन्दीहरू जटिल मानसिक रोगी र सामान्य मानसिक रोगीसहित कूल १५९ जना मानसिक रोगको औषधी उपचार गराइ रहेका छन् ।

कारागारमा ६० जना पुरुष ज्येष्ठ नागरिक रहेको र दीर्घरोगी ३९ जना छन् । कारागारमा खानेपानीको व्यवस्था मलिाइएको छ । धारा खानेपानी र नुहाउने दुई अलगअलग राखिएको छ ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर