Aamsanchar

जापानको ब्याजदर ३० वर्षकै उच्च बिन्दुमा पुग्याे

Author Image
शनिवार, पौष ५, २०८२

जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो । यो वृद्धि जनवरीयताको पहिलो हो ।

प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनअन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् । यो कदम केन्द्रीय बैंकको मौद्रिक सामान्यीकरण तर्फको पछिल्लो प्रयासको हिस्सा हो ।

जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो । केन्द्रीय बैंकले सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाएको थियो ।

ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप बिग्रने चिन्ताका कारण येन मुद्रा तीब्र रूपमा अवमूल्यन भएको छ । जसले मुद्रा र सरकारी ऋणपत्रहरूको बिक्रीलाई प्रोत्साहन गरेको छ । जापानमा निरन्तर मुद्रास्फीति र नकारात्मक वास्तविक ब्याजदर कायम रहेकाले थप ब्याजदर वृद्धिको बजार अपेक्षा बढेको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर