Aamsanchar

टी–२० वर्ल्ड कप २०२६ का लगि भारतीय टोलीको घोषणा, उपकप्तान गिल परेनन्

Author Image
शनिवार, पौष ५, २०८२

काठमाडौं- टी–२० वर्ल्ड कप २०२६ का लगि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)सामाजिक सञ्जाल एक्समा टिममा समावेश खेलाडीहरूको सूची साझा गरेको छ ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको टिममा ईशान किशन र रिन्कु सिंहलाई स्थान दिइएको छ भने उप–कप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ ।

यसअघिका उपकप्तान शुभमन गिल भने टिममा अटाएनन् । यही टिम जनवरीमा न्युजिल्यान्डविरूद्ध हुन गइरहेको टी–२० सिरिज पनि खेल्ने जनाइएको छ ।

यस्तो छ टिम

सूर्यकुमार यादव(कप्तान), अभिषेक शर्मा, सञ्जु स्यामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल(उपकप्तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर र इशान किशन (विकेटकिपर) ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर