नमस्कार !
आदरणीय दाजुभाइ, दिदीबहिनीहरू,

सबैभन्दा ठूलो धर्म दान हो
दिने हो केही न केही
चन्दा, समय, श्रम,
विचार, साथ,
किन डराउनु सही पक्षमा उभिन ?

निरोगी र स्वस्थ समाज
हाम्रो साझा सपना ।
कुलत र दुव्र्यसन विरुद्धको
लडाइँमा सबै सहभागी बनौँ।

चेतना नेपाल प्रति समर्पित यो कबिता
दुई करोड़को अक्षयकोष स्थापनाको लागी पब्लिकसंग सहयोगको लागी अनुरोध गर्दा प्रमुख सल्लाहकार कबि योग राज ढकालले बाचन गरिएको कबिता

“चेतना नेपाल”
कुलत र दुव्र्यसनबारेमा
चेतनाको उज्यालो बोकेर
सूचनाको दीप बाल्दै
सबैलाई जागरणमा जोड्न
झापामा जन्मेको र
हुर्किरहेको नाम हो
चेतना नेपाल।
सुर्तीजन्य पदार्थ
दुव्र्यसनको पहिलो खुड्किलो,
नसर्ने रोगको मौन महामारी,
बालबालिका, किशोर किशोरी
देखि वृद्धसम्म फैलिएको घाउ
अकालमै
हरेक वर्ष २७ हजारभन्दा
बढी सपनाको अन्त्य
४७ अर्बभन्दा बढी
देशको रगत बगिरहेको
प्रत्यक्ष अप्रत्यक्ष नोक्सानी
यो तथ्य हो, कल्पना होइन
नियम कानुन छ
तर कागजमै सीमित
कार्यान्वयन किन शून्य ?
खोजिको बिषय
जिम्मेवारी कसको ?
प्रशासन, प्रहरी, पालिका,
राजस्व, शिक्षा, स्वास्थ्य वा
हामी सबैको?
अब मौन होइन,
नागरिक खबरदारी,
कानुनको खोज र लागू,
कुलत र दुव्र्यसन विरुद्ध
सामूहिक लडाइँ
चेतना नेपालसंग
हातेमालो गरेर
चेतना नेपाल
समस्या मात्र देखाउँदैन,
गुरुयोजना, पाठ्यसामग्री,
प्रशिक्षक र समन्वयसँगै
कार्यान्वयनमा हात
बढाई रहेको नाम
अन्त्यमा
चेतनाको दीप बालौँ,
चेतना नेपाल मार्फÞत
नशा होइन, चेतना रोजौँ,
स्वस्थ समाज निर्माण गरौँ
मन र छाती ठूलो बनाएर
५० हजार होस् या समय र साथ
सानो चन्दा दीएर भए पनि
कुलत र दुव्र्यसन विरुद्धको
यो लडाइँमा
सबै सहभागी बनौँ र
स्वस्थ भविष्यको
साझा संकल्प गरौ
हरेक नागरिक र देश
बनाउन र बचाउन।
किन डराउने दिन ?
आज होइन भने कहिले ?
हामी होइन भने को ?
लेखक योगराज ढकाल भद्रपुर झापा हाल बेलायलमा बस्तै आएका छन् उनि चेतना नेपालका प्रमुख सल्लाहकार हुन् ।

