

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० पुगेको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३०० रुपैयाँ पुगेको थियो। यस्तै सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। सोमबार आइतबारको तुलनामा १३० रुपैयाँले बढेर तोलाको ४ हजार २३५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलाको ४ हजार १०५ पुगेको थियो।
Views: 182

