


काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।

अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिने बताए ।
शाहीको नेतृत्वमा केही युवाहरु लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्र मुख्य प्रवेश क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्डमा एमसीसी परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बाँया २.५र२.५ मिटर थपेर १२ मिटर मात्र सीमित गरी उही २ लेनकै सडक बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् ।
मन्त्री कुलमान घिसिङसँग कुरा गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट
यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं आएर भौतिक पूर्वाधार, यातायात र सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर माग सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
तर एमसीसी परियोजना अनुसार काम हुन लागेकाले यसमा आफूहरुले भने अनुसार नहुने जवाफ कुलमानले दिएका थिए ।

