Aamsanchar

अहिलेकै सभापति लिएर कांग्रेस निर्वाचनमा जान नसक्ने गगनकुमार थापाको भनाई

Author Image
सोमवार, पौष ७, २०८२

काठमाडौँ –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने अडान राखेका छन्।

सोमबार बिहान आयोजित कार्यक्रममा उनले पुरानै नेतृत्व लिएर पार्टी निर्वाचनमा नजाने स्पष्ट पारे। १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै उनले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए उनले महाधिवेशन निर्वाचनअघि नै गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।

‘यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ। हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ’, उनले भने, ‘म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु। अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो।’

थापाले अहिले क्रियाशील सदस्यको काममा ढिलाइ भइरहेकोप्रति आपत्ति जनाए। ‘अहिले तलबाट क्रियाशिल सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन’, उनले भने, ‘तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्नसक्छु भन्ने विश्वास छ। लागिरहेको छौँ।’

उनले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको तर्क पनि गरे।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर