Aamsanchar

फेरि देउवा भेट्न महाराजगञ्ज पुगे ओली

Author Image
सोमवार, पौष ७, २०८२

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन्।

महाराजगञ्जस्थित देउवा निवासमा आज भेटवार्ता भएको हो।

भेटमा भएका कुराकानी बाहिर आइनसके पनि समसामयिक राजनीतिक विषयका साथै जेनजी आन्दोलनपछिको परिस्थिति र आउँदो निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ।

यसअघि ओलीले गरेको भेटपछि शेरबहादुर देउवा संसद पुनस्स्थापनका लागि सर्वोच्चमा रिट लैजान तयार भएका थिए।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर