

काठमाडौँ – गोरखा नगरपालिका-५ लसुने जङ्गलमा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कंकाल सोमबार बेलुका फेला परेको हो।

सोमबार स्थानीयले जङ्गल क्षेत्रमा शंकास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट मानव कंकालसँगै १ थान किप्याड मोबाइल फोन, एक जोर जुत्ता, ट्रयाक पाइन्ट र कमिज समेत फेला परेका श्रेष्ठले बताए।

प्रारम्भिक अनुसन्धानबाट मानव कङ्गाल कसको हो भन्ने पहिचान खुल्न नसकेको भए पनि घटनास्थलमा भेटिएको मोबाइल फोन भने बारपाक सुलिकोट गाउँपालिका– ३ स्थायी घरभएका ४० वर्षीय जंगबहादुर गुरुङको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
Views: 19

