Aamsanchar

‘गाउँ–गाउँमा प्रतिरक्षा तयारी’— एमाले झापाको कडा चेतावनी

Author Image
मङ्गलवार, पौष ८, २०८२

झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले वर्तमान सरकारलाई प्रतिगामी करार गर्दै विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।

भाद्र २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनमा घुसपैठ भई विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान गएको घटनालाई एमाले झापाले आकस्मिक नभई देशी–विदेशी शक्तिको योजनाको परिणाम भनेको छ।

एमालेले सरकार शान्ति–सुरक्षाप्रति गम्भीर नभएको, अपराधी नियन्त्रणबाहिर रहेको र सुरक्षाकर्मीको मनोबल कमजोर बनाइएको आरोप लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य नेतामाथि गरिएको स्थान हद तथा सुरक्षा कटौतीप्रति पनि घोर आपत्ति जनाएको छ।

भाद्र २४ को विध्वंसका लागि ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जबरजस्ती दोषी बनाउन खोजिएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ।

प्रतिगामी सत्ता र विदेशी दलालबाट हुनसक्ने हुलहुज्जतको जवाफ दिन गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा तयारीमा रहन एमाले झापाले अपिल गरेको छ।

यसैक्रममा २०८२ पुस १० गते दमक र बिर्तामोडमा ‘खबरदारी कार्यक्रम’ आयोजना हुने जनाएको छ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर