Aamsanchar

एनटीसीले ३० प्रतिशत लाभांश दिने

Author Image
बुधवार, पौष ९, २०८२

काठमाडौं – नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो कम्पनीको फेस भ्यालू १०० रुपैयाँ हो ।

त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ ।

यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

Views: 100

प्रतिक्रिया (०)