

भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको सवारी दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्। यो दुर्घटना बुधबार राति२ बजेतिर भएको थियो।

बीबीसीका अनुसार बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो। जसका कारण बसमा आगो लाग्यो।
अहिलेसम्म ११ जनाको शव पहिचान भएको छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

Views: 33

