Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, पौष १०, २०८२

काठमाण्डौ – लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो ।

सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार हुँदै त्यस दिनसम्मको सबैभन्दा उच्च मूल्य कायम भएको थियो । यस्तै मंगलवार २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ बुधवार अहिलेसम्मकै उच्च २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको चार हजार चार सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर