

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् । बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए । बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै आएका छन् । महानगर प्रमुख बालेन बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गर्दै छन् ।
Views: 27

