Aamsanchar

त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित

Author Image
बिहिवार, पौष १०, २०८२

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् । कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाएका छन् । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएकी थिइन् ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर