
काठमाडौं – नेपाली बजरामा सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ।

आज छापावाल सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ। आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको चार हजार चार सय रुपैयाँ थियो।
Views: 188

