Aamsanchar

बिर्तामोडमा भाेली राप्रपाले शक्ति प्रदर्शन गर्ने

Author Image
शुक्रवार, पौष ११, २०८२

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि (पुस १२) बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

राजा, राजनीतिक दल र जेनजीबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको विर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

देशमा अहिले ध्रुवीकरण तिव्र रुपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरुका बीचमा छिट्टै हुने समेत बताए ।

तुलनात्मक रुपमा राप्रपाको बलियो संगठन झापामा भएको हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन् ।

बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्नेछन् ।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले अपिल समेत गरेका छन् ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर