Aamsanchar

बोइलर विस्फोट हुँदा एकको ज्यान गयो, ६ जना कामदार घाइते

Author Image
शनिवार, पौष १२, २०८२

रौतहट – रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । ६ जना कामदार घाइते भएका छन् ।

डिस्टलरीको बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा कटहरिया–८ का ४५ वर्षीय लक्ष्मण राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ । विस्फोटबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले थप टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर