Aamsanchar

शितलहर, हुस्सु र लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन

Author Image
शनिवार, पौष १२, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सचेतनामुलक कक्षा सञ्चालन गरेको हो । गुल्मले फुङ्लिङ नगरपालिका –३ मेदिबुङको बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा पुगेर सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको हो ।

उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई शुक्रबार सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको गुल्मले जनाएको छ । सचेतनासम्बन्धी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले कक्षा सञ्चालन गर्नुभएको थियो ।

करिव ८० जना विद्यार्थीलाई सहभागी गराएर सप्रनाउ पाठकले अहिलेको जाडो याममा असर गर्ने शितलहर र हुस्सु तथा लागुऔषध दुव्र्यसनसम्बन्धी कक्षा चलाउनुभएको थियो ।

सचेतनामुलक कक्षा सञ्चालन गर्दै सप्रनाउ पाठकले शितलहर र हुस्सुबाट जोगिने उपाय साथै लागुऔषधको कुलतले गर्ने हानी नोक्सानी र बेफाइदाबारे विद्यार्थीलाई अनुशिक्षण दिनुभएको थियो ।

Views: 104

प्रतिक्रिया (०)