Aamsanchar

दुई साताभित्र पदबाट राजीनामा दिने बालेनको तयारी

Author Image
आइतवार, पौष १३, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पुर्‍याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए ।

“उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई सातार१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएपछि उनी संसदीय राजनीतिमा होमिँदै छन् ।

Views: 181

प्रतिक्रिया (०)