Aamsanchar

यसपटकको चुनावमा थपिए ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता

Author Image
आइतवार, पौष १३, २०८२

काठमाण्डौ – अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ ।

मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८ सय ८५ बढेको छ ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर