Aamsanchar

कांग्रेसले समानुपातिकमा २०६४ यताका कसैलाई नदोहोर्‍याउने

Author Image
आइतवार, पौष १३, २०८२

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिनेछैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहनेछन् ।’

कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर