

पाँचथर – फिदिम नगरपालिका-४ का ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर ज्यान गएको छ । थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार मध्याह्न फिदिम-४ हेंवा खोला गड्तीर नजिक घाँस काट्न गएका थापा साँझसम्म घर नफर्केपछि खोजतलास गर्दा टाँकीको रुखबाट लडेको अवस्थामा भेटिएका थिए । थापा मृत अवस्थामा भेटिएसँगै आफन्तले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

थापाको पोस्टमार्टमपश्चात् आइतबार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनायो ।
Views: 99

