Aamsanchar

हर्क साम्पाङ फेसबुकमा लेख्छन् : बालेन जहाँबाट उठे पनि चुनाव हराउँछौं

Author Image
सोमवार, पौष १४, २०८२

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ १ जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरेसँगै साम्पाङले बालेन र रास्वपा सभापति रवि लामिछानेप्रति सामाजिक सञ्जालमार्फत छेडखानी गर्दै आइरहेका छन् ।

Views: 60

प्रतिक्रिया (०)