काठमाडौँ । रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै मोर्चाबाट अघि बढ्ने सहमतिमा पुगेका छन्।

जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै सँगै जाने औपचारिक सहमति भएको हो। लामो समयदेखि अनौपचारिक तथा औपचारिक संवाद हुँदै आए पनि यसअघि ठोस निष्कर्ष ननिस्किएको बताइन्छ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच पार्टी नेतृत्व र कार्यकारी भूमिकाको विषयमा समेत समझदारी भइसकेको स्रोतको दाबी छ। सो सहमतिअनुसार पार्टी सभापतिमा रवि लामिछाने रहने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने तय भएको थियो।
नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने नेताहरूबीच भएको यो सहकार्यलाई आगामी निर्वाचनको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

Views: 78

