

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाल सिनियर पुरुष टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३० जना समानुपातिक उम्मेदवारको नाममा ज्ञानेन्द्र मल्लको नाम पनि परेको हो। आदिवासी जनजाति पुरुषको कोटामा उनको नाम दर्ता भएको हो। उनको नाम पाँचौं नम्बरमा रहेको छ।

१ दशकभन्दा बढी राष्ट्रिय टिममा खेलाडीका रूपमा रहेका ज्ञानेन्द्रले हाल सिनियर टिममा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Views: 48

