Aamsanchar

शहीद पार्क नजिकै जंगलमा युवायुवती मृत फेला

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकै जंगलमा युवायुवती मृत फेला परेका छन्। दुईजनाको शव केही मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ। शव मर्निङ वाक गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।

उनीहरूको सनाखत भएको छैन। घटनाबारे अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर