

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन मंगलबार ७ हजार ९०० रुपैयाँले घटेको सुन आज १ हजार १०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ६१ हजार कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६२ हजार १०० पुगेको थियो। त्यसअघि सोमबार ६०० रुपैयाँले घटेर प्रतितोला सुन मूल्य २ लाख ७० हजारमा कारोबार भएको थियो।
सुनको मूल्य सस्तिएसँगै चाँदीको भाउ पनि घटेको छ। आज प्रतितोला चाँदीको मूल्य ४ हजार ४७० कायम भएको छ। मंगलबार एक तोला चाँदी ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो। सो दिन चाँदी ३०५ रुपैयाँले घटेको थियो।

Views: 130

