Aamsanchar

पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न अदालतको आदेश

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौं –  विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।

आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

 

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर