Aamsanchar

बसको ठक्करबाट देवर-भाउजुको मृत्यु

Author Image
शुक्रवार, पौष १८, २०८२

गुल्मी – गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो । सो बसमा सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी सवार थिए । विद्यार्थीहरु पिकनिक जाँदै थिए । बसले ठक्करबाट गम्भीर घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर