

ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ६:१३ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।

Views: 74

