Aamsanchar

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य

Author Image
सोमवार, पौष २१, २०८२

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार ६०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ६५ हजार कायम भएको छ। अघिल्लो दिन आइतबार २ हजार १०० रुपैयाँले घटेर एक तोला सुनको भाउ २ लाख ६० हजार ४०० पुगेको थियो।

 

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। यसदिन १८५ रुपैयाँले बढेर प्रतितोला चाँदी ४ हजार ६८५ रुपैयाँ पुगेको छ। आइतबार सोही परिमाणको चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य घट्यो
बुधवार, पौष २३, २०८२
सुन चाँदीको भाउ बढ्यो
मङ्गलवार, पौष २२, २०८२
कुखुराको अण्डाको मूल्य घट्यो
मङ्गलवार, पौष २२, २०८२