Aamsanchar

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई पनि ट्रम्पले दिए चेतावनी

Author Image
सोमवार, पौष २१, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले वर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाउने समेत घोषणा गरेका छन् । यसैबीच, ब्रुकिलन हिरासतमा राखिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदैछ । उहाँ माथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको भएको बताउनुभएको छ ।

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर