Aamsanchar

३४ वर्षीय युवक बेपत्ता भएको घटनामा पाँच जना प्रहरीविरुद्ध जाहेरी

Author Image
सोमवार, पौष २१, २०८२

काठमाण्डौ – डोल्पाको ल्हाँ गाउँका ३४ वर्षीय युवक जुन रोकाय बेपत्ता भएको घटनामा पाँच जना प्रहरीविरुद्ध जाहेरी दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेमराज कार्कीसहित प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैसी, जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र घुमुवा प्रहरी नरेन्द्र खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय डोल्पामा जाहेरी दर्ता भएको हो ।

पाँचैँ जनाविरुद्ध बेपत्ता जुन रोकायकी श्रीमती धनमतीले किटानी जाहेरी दिनुभएको हो । प्रहरीले लागूऔषध ओसारपसारको आशङ्कामा जाँच गर्न खोजेपछि आत्तिएर भेरी नदीमा हाम फालेको दाबी गरे पनि बेपत्ता युवाका आफन्तले भने प्रहरीकै कारण बेपत्ता भएको आरोप लगाएका छन् ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर