झापा । पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन भएका छन्। आज सम्पन्न समाजको प्रथम अधिवेशनबाट मेचीनगरका बानियाँ सर्वसम्मत रूपमा महासचिवमा चयन भएका हुन्।

यसअघि सचिवको जिम्मेवारी सम्हाल्दै आएका बानियाँ पि एण्ड पि मिडिया प्रा।लि। का सञ्चालक तथा इझापा डटकम अनलाइन न्यूज पोर्टलका प्रकाशक हुन्। उनी नेपाल पत्रकार महासंघका सदस्य तथा हाल सूर्योदय टेलिभिजनमा समाचार संयोजकको रूपमा कार्यरत छन्।

बानियाँ पर्यटन पत्रकार मञ्च झापाका कोषाध्यक्षसमेत हुन्। महासचिवमा चयनपछि उनले समाजले व्यवसायीहरूको हितसँगै सञ्चार क्षेत्रको प्रवर्द्धनमा पनि भूमिका खेल्ने बताएका छन्।
युवा व्यवसायी समाज झापा २०८१ साल वैशाख २४ गते स्थापना भएको हो। प्रथम अधिवेशनले सुसन पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

Views: 245

