Aamsanchar

झापामा दारा नभएको जंगली हात्ती मृत फेला

Author Image
मङ्गलवार, पौष २२, २०८२

झापा-  झापाको बुद्धशान्तिमा दारा नभएको जंगली हात्ती मृत फेला परेको छ ।

आज बिहान कालिका सिमसार जाने बाटोमा बुद्धशान्ति वडा नं ३ डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको हो ।

बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुधवारेका प्रहरी नायव निरीक्षक चन्द्र राउतको कमाण्डमा प्रहरी टोली गएको र वन कार्यालयलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर