Aamsanchar

वीरगञ्जको कर्फ्यू लम्ब्याइयाे

Author Image
मङ्गलवार, पौष २२, २०८२

काठमाडौँ —जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको कर्फ्यू लम्ब्याएको छ। मंगलबार बिहान ८ बजेसम्म रहेको कफ्र्यू दिउँसो १ बजेसम्म थप गरिएको हो।

दुई धार्मिक समुदायबीच तनाव बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका थिए।

वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जारी कर्फ्यू आदेशमा उल्लेख छ ।

धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बनेको छ। दुई समुदायबीच सहमति गराउने प्रयास भइरहेको प्रजिअ दाहालले जानकारी दिए।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर