

पाल्पा – एकदिन कैद भुक्तान गर्न बाँकी रहेका एक व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-७ खानीगाउँका ४० वर्षीय हेमन्त गैरे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताए।
बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले एक दिन कैद, २ लाख १० हजार जरिवाना र ८ हजार ४०० क्षतिपूर्ति तिराउने आदेस दिएको थियो।

पाल्पा जिल्ला अदालतको लगत नम्बर ११७४ र मिति २०७७ फागुन २४ गते मुद्दा फैसला भएको थियो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार बेलुकी साढे ५ बजे उनकै घरबाट पक्राउ गरेको चौधरीले बताए।
लगत असुल उपरको लागि सोमबार जिल्ला अदालत पाल्पामा पेस गरिएको उनले बताए।
Views: 119

