

काठमाडौं- नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। मंगलबार बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा’बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो। उक्त कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन्।

कमिटी सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई,हिक्मत कार्की, रमेश बडाल,मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन्। सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।
Views: 119

