Aamsanchar

फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

Author Image
बुधवार, पौष २३, २०८२

काठमाडौं – फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्पको केन्द्र सान्टियागो नजिकै रहेको छ ।

यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि उल्लेख गरेको छ, जसको केन्द्र सहरबाट करिब २७ किलोमिटर पूर्वमा छ । भूकम्पपछि प्रशासनले अहिलेसम्म कुनै सुनामी अलर्ट जारी नगरिएको स्पष्ट पारेको छ । ब्याकोल्कोलले बुधबारको यो भूकम्पबाट सुनामीको चेतावनी जारी हुने सम्भावना नरहेको बताए ।

भूकम्पको केन्द्रबिन्दु नजिकका प्रहरी र विपद् अधिकारीहरूले भूकम्पबाट क्षति वा घाइतेको तत्काल कुनै जानकारी नआएको बताएका छन् । “यो त्यति शक्तिसाली थिएन, तर मानिस बाहिर दौडिए,” हिनातुआनका स्थानीय प्रहरी प्रमुख जोई मोनाटोले भने ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूका कारण भूकम्पीय गतिविधिहरू भइरहन्छ । यहाँ ठूलो भूकम्प आउनु सामान्य हो । रोयटर्स

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर