Aamsanchar

ट्रम्पले भने : भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल दिन्छ

Author Image
बुधवार, पौष २३, २०८२

वासिङ्टन डीसी- भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले भेनेजुएलामाथि तेल निर्यातमा लगाएकोे प्रतिबन्धका कारण ढुवानी जहाजहरूमै थन्किएर बसेको तेल बजार मूल्यमा बेचिने ट्रम्पको भनाइ छ । यसबाट आउने रकम भेनजुएला र अमेरिकी जनताको हितको काममा प्रयोग गरिने उनले बताएका छन् ।

ऊर्जा मन्त्री क्रिश राइटलाई आफूले तत्कालै यस योजनामा काम गर्ने निर्देशन दिएको पनि उनले भनेका छन् । यी तेल जहाजबाट सिधै अमेरिकामा अनलोड गरिने आफ्नो सामाजिक सञ्जाल मञ्च सोसल ट्रुथमा ट्रम्पले एउटा पोष्टमा लेखेका छन् । सप्ताहन्तमा भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिने बित्तिकै ट्रम्पले भेनेजुएला र त्यहाँको तेल अमेरिकाले चलाउने भनेका थिए । चौपट भएको भेनेजुएली तेल पूर्वाधारमा अमेरिकी तेल कम्पनीले अर्बौँ डलर खर्च गर्ने पनि उनले बताएका थिए ।

भेनेजुएलाका दिवंगत राष्ट्रपति ह्युगो चाभेजले तेल क्षेत्रको राष्ट्रियकरण गर्ने क्रममा त्यहाँका व्यवसाय गरिरहेका अमेरिकी कम्पनीहरूको सम्पत्ति जफ्त गरेका थिए । अन्तर्राष्ट्रिय कानुन अनुसार अमेरिकाले भेनेजुएलाको तेलमाथि दाबी छैन । ट्रम्पको पछिल्लो योजनामा शेभर्न, एक्जोन मोबिल र कोनोकोफिलिप्सले सिधै कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार यी तीनै कम्पनीका प्रतिनिधिले भेनेजुएलाबारे ट्रम्पसँग छलफल गर्दैछन् ।

विश्व बजारको अहिलेको अवस्था ५ करोड ब्यारेल अतिरिरक्त तेल आउनुको अर्थ आपूर्ति बढ्नु हो । अहिले विश्वको दैनिक तेल खपत १० करोड ब्यारेल छ । अमेरिका एक्लैले १ करोड ४० लाख ब्यारेल तेल उत्पादन गर्छ । ‘३ देखि ५ करोड ब्यारेल तेल कहिलेसम्म आउँछ रु’ भन्ने चाहिँ महत्वपूर्ण प्रश्न भएको ह्युष्टनस्थित बेकर इन्ष्टिच्यूटका ऊर्जा विज्ञ मार्क फिन्ले भन्छन् । यो परिमाणको तेल दैनिक वा मासिक रुपमा बजारमा आउनु भनेको तेलको उपलब्धता झनै बढ्नु हो । तर वर्षदिनमा यति तेल बजारमा आउनुले खासै ठुलो अर्थ राख्दैन ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर