Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
बुधवार, पौष २३, २०८२

काठमाडौं – नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ ।

महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो ।

Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२