Aamsanchar

नव युवा पुस्ता आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ

Author Image
बिहिवार, पौष २४, २०८२

ताप्लेजुङ- गत भदौ २३ र २४ गते भएको जेनजी(नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका २७ वर्षीय अमृत मगर ताप्लेजुङबाट पक्राउ परेका हुन् ।

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका घर भएका मगर पक्राउ परेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा जिल्लाको एक जलविद्युत आयोजनामा लुकिछिपी बसेको अवस्थामा फरार कैदी मगर पक्राउ परेका हुन् ।

जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई मगर १८ वर्षको कैद सजाय तोकिएपछि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा सजाय भुक्तान गर्दै आएका थिए ।

तोकिएको कैद सजाय अवधिमध्ये मगरले १८ महिना भक्तान गरिसकेको बताइएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर