Aamsanchar

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको अध्यक्षमा नेम्वाङ

Author Image
शुक्रवार, पौष २५, २०८२

कनकाई । डाइनामिक पब्लिक लाइब्रेरी कनकाई (डिपिएल) को नयाँ कार्यसमिति पदस्थापना गरिएको छ। पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएलको नयाँ कार्यसमिति हिजो आयोजित विशेष समारोहबीच औपचारिक रूपमा पदस्थापना गरिएको हो।

वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष ओमबिक्रम नेम्वाङलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। निर्वाचन प्रमुख कमल न्यौपाने नेम्वाङ अध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

पद बहालीपछि वर्ष २०२६ का लागि अध्यक्ष नेम्वाङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए। नवनिर्वाचित निर्देशकहरूमा अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहेका छन्।

कार्यसमितिको उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया चयन भएका छन् भने कोषाध्यक्षमा सृजना लिम्बू, महासचिवमा रिजन तिम्सिना तथा वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी चयन भएका छन्। अध्यक्ष नेम्वाङले लक्ष्मी अधिकारी र डिल्लीराम चापागाईं परदेशीलाई मनोनित सदस्यका रूपमा चयन गरेका छन्।

पदस्थापना कार्यक्रममा कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, नेशनल प्यावसनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, डिपिएल नेपाल २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी तथा प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए।

पहिलो सत्रको सञ्चालन २०२५ का महासचिव कृष्ण पुरी र दोस्रो सत्रको सञ्चालन रिजन तिम्सिनाले गरेका थिए ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर