Aamsanchar

सुनको भाउ बढ्याे

Author Image
शुक्रवार, पौष २५, २०८२

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२