Aamsanchar

निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको भीड

Author Image
शुक्रवार, पौष २५, २०८२

काठमाडौं – आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको भीड लागेको छ।शुक्रबार बिहान कार्यालय खुलेसँगै काठमाडौं प्रहरी परिसरबाहिर निर्वाचन प्रहरीका लागि फर्म भर्नेको भीड लागेको छ। निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना प्रकाशन गरेको छ। सूचना प्रकाशन भएसँगै निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको हो।

काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीका लागि दरखास्त फारम बुझाउन सकिने व्यवस्था छ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिनसक्नेछन्। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्ता दिने सक्नेछन्।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर