Aamsanchar

राप्रपाले इलाम १ बाट ज्वालालाई उम्मेदवार बनाउने

Author Image
शुक्रवार, पौष २५, २०८२

झापा  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको पहिलो उम्मेदवार तय गरेको छ ।

इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो ।उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।

२०७९ को निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर